९ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न आरोपमा दुई पक्राउ

काठमाडौं, ३ माघ । बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी हिरासतमा आदर्शकोतवाल गाउँपालिका–८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय सन्तोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी छन् । गत पुस २५ गते दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका बेपत्ता भएकोमा पुस २७ गते दिउँसो आदर्श कोतवाल गाउँपालिका–७ स्थित जमुनी खोलामा शव फेला परेको थियो । बालिकाको शव फेला परेपछि भएको अनुसन्धानमा बालिकाको जबरजस्ती करणीपछि हत्या गरी फालेको खुल्न आएको बताएका छन् ।

उनीहरू उपर ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति