शेयर बजारमा उत्साह, एकैदिन ९ अर्बको कारोबार

काठमाडौं, २ माघ । सेयरबजारमा आज हरियाली छाएको छ। बजार परिसूचक नेप्से ६९ अंकले र क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक ११.८१ अंकले बढेको हो।

कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको शेयर बजार घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब पुग्न पनि मुस्किल थियो । गत साता दैनिक ६ देखि ७ अर्बको हाराहारीमा कारोबार भएको थियो ।

आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो । उता शेयर कारोबार मापक नेप्से परिसूचक ठ्याक्कै ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति