प्रहरीद्धारा पेस्तोलसहित एक युवक पक्राउ

सिरहा , २ माघ । शनिबार राति गोलबजार नगरपालिका–६ डोहटिया टोल बस्ने २७ वर्षीय पंकजकुमार महतोलाई प्रहरीले १ थान म्याग्जिन नभएको पेस्तोलसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले महतोले आफ्नै घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा पेस्तोलसहित उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति