काठमाडौं, २ माघ । अफगानिस्तानका लागि नेपालले पठाएको मानवीय सहायता त्यहाँस्थित राजधानी काबुलमा पुगेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा पुगेको नेपाली टोलीले काबुल विमानस्थालमा सहायता हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १० टन मानवीय सहायता सहसचिव लम्साले संयुक्त राष्ट्रसंघ महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई हस्तान्तरण गरेकी थिइन् ।सहायता लिएर जाने टोलीलाई परराष्ट्रमन्त्री नारायण खड्काले बिहान त्रिभुवन विमानस्थलमा विदाइ गरेका थिए ।
प्रतिक्रिया