अमेरिका भाग्न खोज्ने क्यासिनो संचालक एयरपोर्टमै रोकिए

काठमाडौं, २ माघ । नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा रोयल्टी नतिरी भाग्न लागेका उनलाई अध्यागमनले रोकेको हो । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए । पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।

माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् । पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन् । नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनमा रोयल्टी नतिरी भाग्न लागेका उनलाई अध्यागमनले रोकेको हो । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट रोकेको बताए । पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको जानकारी दिए ।

माइकले काठमाडौंको सांग्रिला होटल र बुटवलको टाइगर टप्समा संचालित क्यासिनो संचालकको प्रतिनिधित्व गर्छन् । माइकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ को २३ कठ्ठा सरकारी जग्गामा टाइगर प्यालेस होटल संचालन गरेका छन् । पछिल्लो समय पर्यटनमन्त्री आले र सचिव न्यौपानेले रोयल्टी नबुझाउने क्यासिनो संचालकको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्वाही अघि बढाएका छन्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति