कोरोना महामारीमा सरकारका ११ कमजोरी – एमाले

काठमाडौं, १ माघ । प्रमुख विपक्षी दल नेकपा एमालेले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका क्रममा सरकारको ११ वटा कमजोरी रहेको औंल्याएको छ ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ध्यानाकर्षणपत्रमा कोरोना महामारी बढिरहेको अहिलेको समयमा सरकारले गरेको कमजोरीलाई ११ बुँदामा समेटिएको छ ।

प्रधानमन्त्रीले व्यक्त गरेको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको, ​खोपको प्रर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, पहिलो र दोस्रो खोप लगाएकाहरूलाई बुस्टर डोज नदिइएको, ​जनशक्तिलाई प्रेरणा हुने खालका कार्यक्रमहरू संचालन हुन नसकेको एमालेले बताएको छ ।

त्यस्तै ​सबै पालिकामा जनस्वास्थ्य निरीक्षकको व्यवस्था नभएको, ​नेपाल–भारत सिमाना र अन्तर्राष्ट्रिय विमानस्थलमा टेस्टिङ र होल्डिंग सेन्टरको व्यवस्था नभएको, ​टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, ​औषधी, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको एमालेले उल्लेख गरेको छ ।

सो ध्यानाकर्षणपत्रमा सरकारलाई २२ बुँदामा ध्यानाकर्षण पनि गराइएको छ । ​जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान संचालन गर्नुपर्ने, ​खोपकेन्द्रको संख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकहरूलाई तत्काल खोप उपलब्ध गराउनुपर्ने, ​थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्नुपर्ने एमालेको सुझाव छ ।

हेर्नुहोस् एमालेको ध्यानाकर्षणपत्रको पूर्णपाठ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति