नागरिकको जीवन रक्षका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री

काठमाडौँ, २९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले सङ्क्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताए । आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भनेका छन्, “पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ । नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि बढेको छ । म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति