बजार अनुगमनमा बिल नभएका पसलहरू कारबाही

लुम्बिनी, २९ पुस । मापदण्डविपरीत कारोबार गर्दै आएका पसललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्न थालेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको समन्वयमा गरिएको बजार अनुगमनका क्रममा त्यस्ता पसल कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा खरिद बिल नभएका कक्रहवास्थित राजीन्द्र कोल्ड स्टोरलाई रु पाँच हजार, दीपक मदिरा पसललाई रु पाँच हजार, महिमा फेन्सी स्टोरलाई रु पाँच हजार, रीता ट्रेड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना तिराइएको कार्यालयका प्रमुख टेकराज भट्टराईले जानकारी दिए।

कार्यालयले बजार अनुगमनका क्रममा करिब रु १२ हजार ८९० का म्याद सकिएको सामग्रीसमेत फेला पारी नष्ट गरेको थियो । कार्यालयले मिनरल वाटरका बोटलमा राखेर अनाधिकृत रुपमा पेट्रोल बेच्नेलाई समेत कारबाही गर्न थालेको छ । लुम्बिनीदेखि दक्षिणी क्षेत्रमा रहेको उक्त नाकामा प्रहरी प्रशासनको बाक्लो उपस्थिति भए पनि कालोबजारी र अवैध क्रियाकलाप रोकिएको छैन । बजार अनुगमनलाई नगरपालिका क्षेत्रमा पनि कडाइ गर्न थालिएको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति