एक भारतीय नागरिक मृत फेला

फुङ्लिङ, २९ पुस । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक भारतीय नागरिक मृत भेटिएका छन् । भारतको पूर्णिया जिल्ला घर भएका २१ वर्षीय दिलसुख कुमार आज मृत भेटिएका हुन् ।

फुङ्लिङ नगरपालिका–५ स्थित एउटा होटलमा काम गर्दै आएका कुमार मृत भेटिएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए । राति शौचालय जाने भन्दै निस्केका उनी लामो समयसम्म नफर्किएपछि खोज्न जाँदा मृत भेटिएका थिए । कुमारको शव उनको आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति