ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि प्रशासन कार्यालयमा आलोपालो सेवा


वीरगञ्ज, २९ पुस

कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपाले सेवा दिने भएको छ । आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

सो बमोजिम आइतबार र सोमबार कालिकामाई, ठोरी, पकाहा मैनपुरगाँउ, धोबिनी, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको कार्य हुने छ । मङ्गलबार र बुधबारका दिन जगरनाथपुर, विन्दवासिनी, पोखरीया, पर्सागढी र बहुदरामाई नगरपालिका क्षेत्रको पालो राखिएको छ ।

बिहीबार र शुक्रबार जिरा भवानी तथा सखुवा प्रसौनी गाउँपालिका र वीरगञ्जमहानगर पालिकाका सेवाग्राहीको काम हुने जनाइएको छ । जिल्लामा पछिल्लो समय कोभिड सङ्क्रमण बढ्दै गएपछि भीडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपाले सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ ।

यसैबीच कोभिडको पछिल्लो नयाँ रुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले प्रजिअ उमेशकुमार ढकाल आफै जनचेतनामूलक अभियानमा जुट्नु भएको छ । सर्वसाधारणलाई वर्तमान् अवस्थामा स्वास्थ्य मापदण्डमूलक सन्देश प्रवाह आवश्यक रहेकाले आफै मास्क वितरणसहित अन्य जनचेतनामूलक अभियानमा जुटेको उहाँले जानकारी दिनुभयो ।

आम नागरिकमा लापरबाही गर्ने परिपाटीले गर्दा जोखिम बढ्नसक्ने भएकाले मास्क वितरणसहित अन्य जनचेतना जगाउन प्रजिअ ढकालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख अभियानमा लाग्नु भएको हो । जिप्रकाले सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा आयोजना गरेको सचेतनामूलक कार्यक्रमअन्तर्गत एकै दिन करिब पाँच हजारलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको थियो । यसैबीच जिप्रकाले सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई रु १०० जरिवाना गर्ने रणनीति अघि बढाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति