ओमिक्रोनको त्रास : यी मुलुक ट्रान्जिट बनाएर नेपाल प्रवेश गर्न रोक

काठमाडौँ, २९ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न सरकारले आह्वान गरेको छ ।

अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएका अन्य मुलुकमा भ्रमणमा नजान भनेको हो । सरकारले ओमिक्रोन देखिएका मुलुक दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लोसेथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाइ नेपाल आउने यात्रुलाई १६ मंसिरदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ ।

जुन निर्णय अहिले पनि यथावत् छ ।ती देशबाट नेपाल आउने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल पासपोर्टबाहेक वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकको हकमा सरकारले विशेष व्यवस्था गरेको छ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोर्डिङ पास जारी हुनुभन्दा ७२ घन्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी अनुमति दिने विभागले जनाएको छ ।खोपको मात्रा पूरा नभएका वा खोपको मात्रा पूरा गरी १४ दिन नपुगेका नेपाली नागरिकको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएमा संस्थागत आइसोलेसनमा पठाइने र रिपोर्ट नेगेटिभ देखिएमा घरमै १० दिन क्वारेन्टिनमा बस्ने गरी प्रवेश अनुमति दिइने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति