अछाममा मिलमा बेरिएर मृत्यु


डोटी, २८ पुस । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको हो । मिलमा धान कुटाउने क्रममा अचानक सल बेरिँदा उनको मृत्यु भएको श्रीमान् शङ्करमानले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति