भारतमा एकै दिन एक लाख ८५ हजार कोरोना संक्रमित

काठमाडौँ, २८ पुस । भारतमा एकै दिन एक लाख ८५ हजार ११२ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना कोरोनामुक्त भएका छन् भने १४६ जना संक्रमितको मृत्यु भएको छ ।भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ६१ हजार २३५ पुगेको छ ।
भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दूमा पुग्ने क्रममा रहेको छ । यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति