छानबिन समितिले हामीसँग केही सोधपुछ नै गरेन : आनन्दराज बतास

काठमाडौं, २७ पुस । बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बतास समूहलाई कफीसप सञ्चालन लगायतका व्यापारिक गतिविधि सञ्चालन गर्न दिने ठेक्का सम्झौताबारे छानबिन गर्न गठित सरकारी समितिले आफूहरूसँग कुनै प्रतिक्रिया नै नलिई रिपोर्ट बुझाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइँटेल नेतृत्वको पाँच सदस्यीय समितिले सोमबार प्रतिवेदन मन्त्री प्रेमबहादुर आलेलाई बुझाउँदै सार्वजनिक गरेको थियो । तर, उक्त समितिले एकपक्ष आफूहरू (बतास समूह) सँग भने कुनै सोधपुछ नै नगरेको उनको भनाइ छ ।

जाँच गर्न बनेको समितिले हामीहरूसँग कुनै सोधपुछ र प्रतिक्रिया लिएन । विवाद आयो, हामी पनि त एक पक्ष हो नि१ के हो त कुरा भनेर सोध्ने र हाम्रो कुरा राख्ने मौका हामीले पाउनु पर्ने होइन ? बतासले भने, सरकारी समितिले एकपक्षीय रूपमा प्रतिवेदन बुझाएको छ।नारायणहिटी दरबार सङ्ग्रहालय एवम् गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिले त्यहाँ क्यान्टिनरक्याफेटेरिया सञ्चालनका लागि टेन्डर आह्वान गरेपछि आफूहरूले प्रक्रियागत रूपमा नै टेण्डर हालेको उनले दाबी गरे ।

समितिले टेन्डर आह्वान गरेपछि हालेको हो। ३५ दिने सूचनामा सकैले पनि टेन्डर हालेनन्, १५ दिन थप गरेपछि हामीले थाहा पायौँ र हाल्यौँ । तर यसबारे हामीले छानबिन समितिसँग आफ्नो कुरा राख्न नै पाएनौँ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति