उत्तर कोरियाले एक साताभित्रै दोस्रोपटक गर्‍यो मिसाइल परीक्षण

विराटनगर, २७ पुस । अहिले उत्तर कोरियाले गरेको परीक्षण ब्यालेस्टिक मिसाइल भएको अनुमान गरिएको छ। गत साता पनि उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको थियो।

उक्त मिसाइल हाइपरसोनिक भएको उसको दाबी थियो। दक्षिण कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे ७ बजे उक्त मिसाइल परीक्षण गरिएको बताएको छ।जापानको समुद्री सुरक्षा बलले पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ।

जापानको समुद्री सुरक्षा बलले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइलजस्तो हतियार परीक्षण गरेको बताएको छ। हालै मात्र अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियासँग ‘अस्थिरता फैलाउने गतिविधि’ रोक्न आग्रह गरेका थिए।दक्षिण कोरियाले मिसाइलको प्रकृति हेर्दा उक्त मिसाइल उत्तर कोरियाबाट पूर्वी सागरमा परीक्षण गरिएको पाइएको बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति