‘नरकको ढोका’मा बलिरहेको आगो निभाउन चाहन्छ तुर्कमेनिस्तान

तुर्कमेनिस्तानका राष्ट्रपतिले काराकुम मरुभूमिस्थित ‘नरकको ढोका’ मा दशकौँदेखि बलिरहेको आगो निभाउने आदेश दिएका छन्। एउटा विशाल खाडलमा लामो समयदेखि प्राकृतिक ग्यास बल्दा आगो दन्किरहेको देखिन्छ। उक्त खाल्डोलाई स्थानीय भाषामा ‘दरबाजा’ भनिने गरेको छ।

सन् २०१३ मा नेशनल जियोग्राफिक च्यानलका लागि बनाइएको एक कार्यक्रमको अवधिमा एक खोज दल तुर्कमेनिस्तानको उक्त इलाकामा पुगेका थिए । जर्ज कोरोनिस यो दलका सदस्य थिए । यो खाडलमा लगातार बलिरहने आगो वास्तवमा कहिलेबाट सुरु भयो भन्ने बारे उनले जान्ने कोसिस गरिरहेका थिए ।

तर उनको अनुसन्धानले उनको प्रश्नको पूरा जवाफ दिनुको साटो थप प्रश्न निम्त्याएको थियो । तुुर्कमेनिस्तानको भूू–वैज्ञानिकका अनुसार यो विशाल खाडल वास्तवमा १९६० को दशकमा बनेको थियो । तर १९८० को दशकमा यसमा आगो लागेको थियो ।इतिहासका जेरोनिम पेरोपिक भन्छन्, ‘‘नरकको ढोका’ को विषयमा जुन रहस्य छ, त्यो बिल्कुल तार्किक छ ।’जेरोनिमले बीबीसँग भनेका थिए, ‘सोभियत संघका बेला काम कसरी हुन्थ्यो भन्ने कुरालाई यसले इशारा गर्छ ।

त्यतिबेला ती अभियानको जानकारी मात्रै सार्वजजिक गरिन्थ्यो जुन सफल हुन्थे तर असफल अभियानबारे केही जानकारी दिइँदैनथ्यो । यदि स्थानीयले केही गलत गरेका छन् भने यसबारे अरुलाई थाहा होस् भनेर उनीहरु चाहँदैनथे ।’ ‘‘नरकको ढोका’ दरबाजा खाडलको आगो निभाउने प्रयास यसअघि पनि नगरिएको हैन।

सन् २०१० मा राष्ट्रपति गुर्बाङ्गुली बर्दिमुखामेडोभले नै विज्ञहरूलाई उक्त आगो निभाउने तरिका खोज्न निर्देशन दिएका थिए। सन् २०१८ मा राष्ट्रपतिले उक्त खाडललाई औपचारिक रूपमा ‘काराकुमको ज्योति’ नामकरण गरेका छन्। हरेक वर्ष करिब ६ हजार पर्यटक आउने यो देशका लागि मिथेन निकाल्ने यो खाडल देशको सबैभन्दा ठूलो पर्यटन स्थानमध्ये एक बनिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति