कोरोना महामारीको अर्को लहर चले पनि लकडाउन हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, २६ पुस ।  अर्थमन्त्री जनार्दन शर्माले देशमा अब लकडाउन नहुने बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले कोरोना महामारीको अर्को लहर चलेसँगै भीडभाडमा कडाइ गरे पनि सरकार लकडाउनको पक्षमा नरहेको बताएका हुन्। मन्त्री शर्माले सुरक्षित हुने उपाय अवलम्बन गरिए पनि लकडाउन नगरिने दाबी गरे।यसैबीच, मन्त्री शर्माले आयात थप रोक्ने नीति थप ल्याउने तयारी गरिरहेको बताएका छन्।

सँगै उद्योग र बैंकलाई नकारात्मक प्रभाव परेका नीति संशोधन हुने उनको भनाइ छ। मन्त्री शर्माले बैंक र उद्योगीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै बैंकको कर घटाउन छलफल गरिने तर संकटमा पनि नाफा कमाउनुपर्छ भन्ने मान्यताबाट बैंक चल्न नहुने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति