बागलुङ, २५ पुस । नेकपा एमाले बागलुङको अध्यक्षमा हिरा बहादुर केसी निर्वाचित भएका छन् । कार्यबहाक अध्यक्ष समेत रहेका प्रतिस्पर्धि कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् । केसीले ३ सय २९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी कृष्ण पाठकले २ सय २८ मत पाए, अर्का प्रतिस्पधि मेहरसिंह पाईजाले ३४ प्राप्त गरे ।
उपसचिवमा गणेश बहादुर थापा र डम्मर श्रीस बिजयी भए । थापाले गणेश २ सय ९९ र श्रीसले २ सय २८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।
उपसचिवमा उमेद्वारी दिएकी चित्रकला छन्त्यालले १ सय ५९, राम बहादुर जिसीले १ सय ६४, नेत्र बिष्टले १ सय १३ र प्रेम बहादुर लामिछानेले १सय ७ मत पाए । निर्वाचन समितिका अनुसार खुल्ला सदस्य, भुगोल तर्फ काठेखोला गाउँपालिका र अल्पसंख्यकको अन्तिम मत परिणाम आउन बाँकी छ ।
प्रतिक्रिया