काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, २५ पुस । सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो ।

भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले जानकारी दिए । यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने काफ्लेले जानकारी दिए ।

त्यस्तै, ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ । खोप शाखाका जनस्वास्थ्य अधिकृत भण्डारीकाअनुसार एक साताभित्र उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइसक्ने योजना छ ।सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति