कर्मचारी सङ्गठनको भवनकाे उद्घाटन अध्यक्ष ओलीद्वारा

झापा, २५ पुस । नेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । विसंं २०७० माघ ५ गते उनले नै उक्त भवन शिलान्यास गरेका थिए । सोह्र कोठाको दुईतले भवन निर्माणमा रु एक करोड ८८ लाख नौ हजार ५७० खर्च भएको सङ्गठनका अध्यक्ष लक्ष्मी गुरागाईँले बताए ।

भवन निर्माणका लागि राष्ट्र सेवक सहकारी संस्थाबाट रु ५० लाख, शान्ति मन्त्रालयबाट रु २८ लाख, तत्कालीन जिल्ला विकास समितिबाट रु तीन लाख ८२ हजार, सांसद विकास कोषबाट रु एक लाख ९६ हजार २५०, जिल्ला प्राविधिक कार्यालयबाट रु एक लाख ९० हजार, भद्रपुर नगरपालिकाबाट रु एक लाख ४६ हजार सहयोग प्राप्त भएको थियोे ।यसैगरी विभिन्न दाताबाट रु ४२ लाख ४१ हजार ६१३ सङ्कलन भएको थियो । भवन निर्माणका लागि रु ५२ लाख ५० हजार राष्ट्रसेवक सहकारीबाट ऋण लिइएको थियो ।

भद्रपुर नगरपालिका– १० मा दुई कठ्ठा १५ धुर जग्गामा बनेको भवनको भूइँ तलामा १४ कोठा र पहिलो तलामा दुई सभाकक्ष छन् । जिल्लाको भद्रपुर, कमल र शिवसताक्षी पालिकामा आयोजना हुने विकास निर्माणसम्बन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आजै काठमाडौँबाट गृहजिल्ला झापा आएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति