कपिलवस्तु, २५ पुस । प्रहरीद्धारा स्रोत नखुलेको झण्डै ३५ लाख रुपैयाँसहित कपिलवस्तुबाट एक युवकलाई पक्राउ गरिएको छ। कपिलवस्तु नगरपालिका ९ हर्नामपुरका ३९ वर्षीय रामबहादुर खटिकलाई पक्राउ गर्दा स्रोत नखुलेको ३२ लाख ८९ हजार १ सय ५० नेपाली रुपैयाँ र १ लाख ८५ हजार ४० भारतीय रुपैयाँ बरामद गरेको छ।
खटिकले घरबाट लागुऔषधको कारोबार गर्ने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले ठूलो परिणाममा नगद बरामद गरेको हो। उनको घरबाट विभिन्न कम्पनीका १६ थान मोबाइल फोनसमेत बरामद गरिएको र खटिकलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
लागूऔषधको कारोबारबाटै उनले त्यो रकम आर्जन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
प्रतिक्रिया