राष्ट्रसंघद्वारा दुई पत्रकारलाई हाइटीमा जिउँदै जलाइएको घटनाको निन्दा

हाइटी, २५ पौष । हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्यालाई संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमा संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकार हत्या घटनाको निन्दा गरेका हुन् ।

डुजारिकले दुई पत्रकारको हत्याप्रति टिप्पणी गर्दै उक्त वीभत्ष हत्याको स्पष्ट रूपमा निन्दा आफूहरुले गरेको र हाइटीका अधिकारीहरूले अपराधी पत्ता लगाउन र उनीहरूलाई न्यायको कठघरामा ल्याउन सक्दो पहल गर्नुपर्ने बताएका छन् । हाइटी २४ समाचार आउटलेटले जनाएअनुसार दुई पत्रकारलाई आपराधिक समूहका सदस्यले गोली हनेपछि जिउँदै आगोमा जलाएका थिए ।

हाइटीले लामो समयदेखि गरिबी, हिंसा र राजनीतिक संकटको सामना गरिरहेको छ भने सन् २०२१ को जुलाईमा राष्ट्रपति जोभेनेल मोइसको हत्यापछि हाइटीमा राजनीतिक सङ्कट गहिरिँदै गएको छ । (एजेन्सी)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति