१५ जिल्लामा एमालेको सर्वसम्मत नेतृत्व चयन

काठमाडौँ, २४ पुस । नेकपा एमालेको जारी जिल्ला अधिवेशनको क्रममा १५ जिल्लाको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझसम्ममा १५ वटा जिल्ला कमिटीका अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
तीमध्ये केही जिल्लामा सिंगो पदाधिकारी टिम नै चयन गरिएको छ ।

अध्यक्ष केपी ओलीको गृहजिल्ला समेत रहेको झापाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत रुपमा चयन भएका छन् । यस्तै मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल, पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे, दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत, डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, सल्यानको अध्यक्षमा गोविन्द पुन, बर्दियाको अध्यक्षमा लालबहादुर श्रेष्ठ, बाँके अध्यक्षमा किस्मतकुमार कक्षपति, धादिङ अध्यक्षमा भूमि त्रिपाठी, अर्घाखाँची अध्यक्षमा पीताम्बर भुसाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु, भक्तपुरको अध्यक्षमा बचन देउजा, गुल्मीको अध्यक्षमा बालसिंह काउछा, खोटाङको अध्यक्षमा रामप्रसाद दंगाल सर्वसम्मत चयन भए । यस्तै मजदुर विशेष जिल्ला कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

हालसम्म ६३ जिल्लाको अधिवेशन उद्घाटन भएको छ । जसमध्ये १५ जिल्लामा सर्वसम्मत चयन नेतृत्व चयन भयो भने बाँकी जिल्लामा बन्दसत्र चलिरहेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ती जिल्लामा सर्वसम्मत नेतृत्व छनोटका लागि प्रयास भइरहेको छ । अधिवेशन गर्न बाँकी १६ जिल्लाका लागि पनि अधिवेशनको मिति तोकिएको एमाले पार्टी कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति