‘प्रचण्डसंग गोप्य सम्झौता भएको थियो, के थियो, के थियो ? किन भन्ने ?’ – पूर्व प्रम केपी ओली (अन्तर्वार्ता)

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिंदै रोचक तर्क तथ्य र सन्निकट आशय प्रकट गरेका छन् ।

त्यो अन्तर्वार्ता मध्येको केही रोचक सवाल जबाफ यस्तो छ । वास्तवमा यो हो नि अन्तर्वार्ता दिने तरिका भनेजस्तो पनि देखिन्छ । सोही अन्तर्वार्ताको केही अंश ।

अप्रत्याशित रूपमा पार्टी एकता पनि गर्नुभयो, संसद्मा झन्डै दुई तिहाइ पनि आयो। यसरी सबै मिलाउन सक्ने केपी ओलीले पार्टी चाहिँ किन मिलाउन नसकेको भन्ने प्रश्न छ नि ?

उहिले, रामले बाँदर पनि मिलाए, रावण मिलाउन सकेनन्। सुग्रिबसँग मीत लगाउन सक्ने, रावणसँग किन नसक्ने ? हनुमानलाई भक्त बनाउन सक्ने, रावणलाई किन नसक्ने ? रावणकै भाइ विभीषणलाई सुराकी बनाउन सक्नेले रावणलाई किन आफ्नो पक्षमा पार्न सकेनन् ? कृष्णसँग सम्झाउन सक्ने असाधारण गुण थियो, त्यो एउटा दुर्योधनलाई किन नसम्झाएको ? दुनियाँ सम्झाउन सक्ने, दुर्योधनलाई कृष्णले पनि ।

This image has an empty alt attribute; its file name is kp-oli_20220108015930-505x768.jpg

तपाईंले बोस भन्नुभयो, कसलाई भन्न खोज्नु भएको हो ?
प्रचण्डजीलाई र माधव नेपालाई सोध्नुहोस् । प्रचण्डले नोकरसँग कुरा गर्दिनँ, मालिकसँग मात्र कुरा गर्छु भन्थे । को हो, मालिक ? भने भै गो नि ।

अघि प्रचण्ड र तपाईंबीचको गोप्य सम्झौताको कुरा खोल्छु भन्नुभयो तर, खुलाउनु भएन नि ?

मैले त्यत्ति भनें । कुरा गर्दागर्दै भनिहालें । अब, प्रचण्डजीलाई सोध्नुहोस् न ।

कागज नै देखाउनुहुन्छ कि जस्तो लाग्यो थियो त ?

किन देखाउने ? प्रचण्डजीले खोज्नुभयो भने उहाँले आफ्नै खल्तीबाट निकाले हुन्छ । अरू कोसँग छ, ल्याऊ भन्यो भने अरू मान्छेले पनि देखाउन सक्छन् । उहाँ र मैले सम्झौता गर्दा अरू मान्छे पनि थिए । गोप्य मान्छे पनि थिए । ती को–को थिए, आफैं जानुन् । नभए, तिनले निकाल्छन् नि ।

के विषयसँग सम्बन्धित थियो, त्यो सम्झौता ?

के थियो, के थियो ? अहिले यसभन्दा बढी नभनौं ।

प्रचण्डलाई अघि चोइटो लिएर गएको भन्नुभयो, कसरी ?

पार्टी फुट्या होइन । प्रचण्डले फुटाउन खोज्नुभयो, तर चोइटो लिएर जानुभयो। त्यस चोइटोलाई मैले अलिअलि गर्दै पार्टीमा फर्काउँदैछु । किनकि पार्टी त एकीकृत भएको थियो, प्रचण्डले पो बदमासी गर्नु भएको हो । मेरो दल र अरू नेताहरूले बदमासी ग¥या होइन ।

खान पाएका केही नेताहरू थालमा भात छइञ्जेलसम्म उहाँसँग रहन्छन्। किनकि अहिले, तिनका थालमा भात छंँदैछ । सुविधा–सहुलियत हुँदाहुँदै प्रचण्डजीलाई किन छोड्नु त ? प्रचण्डजी जबसम्म ‘लैनो’ हुनुहुन्छ, अथवा बकेर्नासम्म भए पनि अलिअलि त आउँछ नि। अलिअलि जबसम्म आउँछ, पाडाले/बाच्छाले छोड्या हुन्छ र माउ ? प्रचण्डजीबाट अलिअलि दूध आउञ्जेल केही मान्छेले छोड्दैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board