विश्वभर एकै दिन २६ लाखमा कोरोना संक्रमण (सूचीसहित)

काठमाडौँ, २४ पुस । विश्वभर आज एकै दिन झण्डै २६ लाख कोरोना संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै सर्वाधिक हो ।ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा २५ लाख ९५ हजार ४२७ जनामा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा मात्रै ७ लाख ५७ हजार, फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा एक लाख ७८ हजार, भारतमा एक लाख ४१ हजार, स्पेनमा एक लाख १५ हजार, अर्जेन्टिनामा एक लाख १० हजार र इटलीमा एक लाख ८ हजारमा संक्रमण पुष्टि भएको हो ।यही अवधिमा ६ लाख ६३ हजार जना संक्रमणमुक्त भएका छन् भने ६ हजार १०९ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अमेरिकामा एक हजार ७७५, जर्मनीमा २८४, बेलायतमा २२९ र इटलीमा २२३ जना छन् । कोरोनाबाट निको हुनेहरु अमेरिकामा ७२ हजार, पफ्रान्समा ५८ हजार, बेलायतमा ४७ हजार, जर्मनीमा ३८ हजार, टर्कीमा २९ र रुसमा २२ हजार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति