काठमाडौंको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकमा लुटपाट, चार जना पक्राउ


काठमाडौं, २३ पुस ।  काठमाडौंको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकको शाखामा लुटपाट भएको छ ।बानेश्वरको एनआईसी एशिया बैंकबाट १८ पुसमा १६ लाख रुपैयाँ लुटपाट भएको हो । लुटपाट १८ पुसमा भए पनि बैंकले भने यो घटना गोप्य राखेको थियो । प्रहरीका अनुसार बैंकमा संकलन भएको १६ लाख रुपैयाँ १८ पुस अपराह्न ४ बजे लुटेराको समूहले लुटेका थिए । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार राति चार जनालाई पक्राउ गरेपछि घटना बाहिर आएको हो । पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । लुटपाटको घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति