काठमाडौं, २३ पुस । काठमाडौंको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकको शाखामा लुटपाट भएको छ ।बानेश्वरको एनआईसी एशिया बैंकबाट १८ पुसमा १६ लाख रुपैयाँ लुटपाट भएको हो । लुटपाट १८ पुसमा भए पनि बैंकले भने यो घटना गोप्य राखेको थियो । प्रहरीका अनुसार बैंकमा संकलन भएको १६ लाख रुपैयाँ १८ पुस अपराह्न ४ बजे लुटेराको समूहले लुटेका थिए । लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार राति चार जनालाई पक्राउ गरेपछि घटना बाहिर आएको हो । पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको छ । लुटपाटको घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित एनआईसी एशिया बैंकमा लुटपाट, चार जना पक्राउ
प्रतिक्रिया