एमालेको ६१ जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीद्वारा उद्घाटन

काकाठमाडौँ, २३ पुस । एमालेको ६१ जिल्ला अधिवेशन सुरु भएको छ । अध्यक्ष केपी ओलीले भर्चुअल रूपमा जिल्ला अधिवेशन उदघाटनपछि सम्बोधन गरेका छन् । १६ जिल्लामा भने हाललाई अधिवेशन स्थगित गरिएको छ ।

एमालेले आठ वर्षको अन्तरालपछि जिल्ला अधिवेशन गर्न लागेको हो । यतिबेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्व चयनका लागि तीनबुँदे मापदण्ड जारी गरेका छन्।

त्यसअनुसार पदाधिकारी हुन दुई कार्यकाल जिल्ला कमिटी सदस्य वा एक कार्यकाल सचिवालय सदस्य भई काम गरेको हुनुपर्ने, सदस्य हुन एक कार्यकाल जिल्ला कमिटी वा त्योभन्दा मुनि एकपटक सदस्य भई काम गरेको हुनुपर्नेछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति