प्रहरीका २६ एसएसपीको सरुवास् उपत्यका अपराध अनुसन्धानमा कुँवर, ट्राफिकमा जोशी

काठमाडौँ, २३ पुस ।  गृहमन्त्रालयले नेपाल प्रहरीका २६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहिवार गरेको निर्णय अनुसार महानगरीय अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) को प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पाएका छन् ।

त्यस्तै उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारीमा एसएसपी उमेशराज जोशीलाई दिइएको छ भने मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखको जिम्मेवारी एसएसपी टेकप्रसाद राईले पाएका छन् । केहि दिनअगाडी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा पठाइएका एसएसपी सुरेन्द्र मैनालीलाई त्यहाँबाट हटाएर बुटवल तालिम केन्द्र सरुवा गरिएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी भिम ढकालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय प्रमुखमा सरुवा भएको छ भने जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रमुख एसएसपी बिष्णुकुमार केसीलाई केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारीमा खटाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति