एमाले लमजुङको जिल्ला अधिवेशन : उपमहासचिव गुरुङले सम्बोधन गर्ने

लमजुङ, २३ पुस । नेकपा (एमाले) लमजुङको ८औँ जिल्ला अधिवेशन आज सुन्दरबजारमा सुरु हुँदैछ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । लमजुङमा त्यसपछि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । बन्दसत्र भोलिबाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताए । बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजकगरी करिब ६ सय जनाको सहभागिता रहने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति