परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच टेलिफोन वार्ता (यस्तो भयो कुराकानी)

काठमाडौं, २२ पुस । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन कुराकानी भएको छ ।बिहीबार साँझ भएको टेलिफोन कुराकानीमा द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले ट्विटरमा उल्लेख गरेका छन् । उनले विकास साझेदारी र कोरोना महामारीविरुद्धको संघर्षमा सहकार्यका विषयमा पनि छलफल भएको बताएका छन् ।

दुवै परराष्ट्रमन्त्रीबीच दुई देशबीचको सम्बन्धनमा उत्पन्न समस्या समाधान गर्दै जाने विषयमा पनि कुराकानी भएको जयशंकरले बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत भ्रमणमा जाने तय भएको थियो । तर भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएपछि उनको भारत भ्रमण पनि स्थगित भएको छ । यही सन्दर्भमा दुई परराष्ट्र मन्त्रीबीच छलफल भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति