साओ पाउलो ब्राजिले, २२ पुस । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो बुधबार आन्द्राको समस्याका कारण भर्ना भएको ४८ घण्टापछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।
“आज डिस्चार्ज भयो। सबैलाई धन्यवाद” बोल्सोनारोले ट्विटरमा लेखेका छन् । ६६ वर्षीय राष्ट्रपतिलाई सोमबार साओ पाउलोको भिला नाेभा स्टार अस्पतालमा भर्ना गरिएको थियो जहाँ उनको आन्द्रामा देखिएको आंशिक अवरोधको उपचार गरिएको थियो । डाक्टरका अनुसार अप्रेसन गर्नु नपरेकाे बताएका छन् ।
सन् २०१८ सेप्टेम्बरमा चुनावी प्रचारका क्रममा पेटमा चक्कु प्रहार भएपछि बोल्सोनारोले हालसम्म चार पटक आन्द्राको शल्यक्रिया गरिएको थियाे । (एजेन्सी)
प्रतिक्रिया