माओवादी केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना, प्रचण्डले रोके भेटघाट

काठमाडौँ, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।कोरोना संक्रमण पुष्टि भएपछि आफूहरू आइसोलेसनमा बसेको सचिव उपाध्यायले जानकारी दिए । त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पु्ष्टि भएको हो ।कर्मचारीलाई संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाटका कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले भर्खरै काठमाडौंमा ८औं महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति