प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित हुने

काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।

जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्मेलन स्थगित भएको जानकारी आएपछि भ्रमण स्थगितको औपचारिक निर्णय हुनेछ । ‘सम्मेलन स्थगित भएको औपचारिक जानकारी आएको छैन, तर स्थगित भएको भए उहाँ (प्रधानमन्त्री) जानुहुन्न,’ बालुवाटार स्रोतले भन्यो ।गुजरात सम्मेलनका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति