एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल

काठमाडौं, २१ पुस। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार ओलीलाई भेट्न पौडेल उनको निवास बालकोट पुगेका थिए ।पौडेल निकट स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गरेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।

नेकपा एमालेले गत भदौ २३ गतेदेखि नै लगातार संसद अवरोध गर्दै आएको छ । तत्कालिन नेकपा एमालेका १४ सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले संसदमा बिरोध र नाराबाजी गर्दै आएको छ ।एमालेको अवरोधका कारण संसदमा महत्वपूर्ण र जनसरोकारको विषयमा छलफल हुन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति