लिबियाका पूर्व उपप्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोप

त्रिपोली, २१ पुस । लिवियाको पूर्व उपप्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीलाई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । लिबियाका महान्यायाधिवक्ताको कार्यालयले पूर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री अल साद्धिक अब्दुल्करी करिमलाई भ्रष्टाचार गरेको आरोप लागाइएको हो ।

आर्थिक अनियमितताकाे अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवार समेत रहेका करिमले आफू पदमा रहँदा न्युन गुणस्तरको सामग्रीलाई उच्च मूल्य तिर्नेगरी हस्ताक्षर गरेको पाइएको दाबी गरिएको छ । कानुनको उलंघन र गलत प्रयोग गरेकाले उनीमाथी अनुसन्धान गरी कारबाही गर्न महान्यायाधिवक्तको कार्यालयले माग गरेको हाे । राज्यलाई पाँच करोड अमेरिकी डलर नोक्सान गराएको महान्यायधिवक्ताको कार्यालयले दाबी गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति