प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक बैठक, सबै मन्त्रालयका सचिव अनिवार्य उपस्थित

काठमाडौँ, २१ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन् । प्रधानमन्त्री देउवाले मन्त्रालयका सचिवहरुसँग अपराह्न ३ बजे सिंहदरबारमा छलफल गर्न लागेका हुन् ।

अर्थतन्त्रको पछिल्लो अवस्था, पुँजीगत खर्चको अवस्था र सार्वजनिक सेवाका विषयमा सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनाका काम, अन्तर मन्त्रालय समन्वय लगायतका विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने छ । देउवा यही पुस २५ गते भारत भ्रमणमा जाँदैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति