महाधिवेशन समीक्षा गर्न दिउँसो २ बजे कोइराला पक्षको बैठक बस्ने

काठमाडौँ, २१ पुस ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका नेता शेखर कोइरालाले आफूनिकट नेतालाई छलफलमा बोलाएका छन्।महाधिवेशनको विस्तृत रूपमा समीक्षा गर्न कोइरालाले आफ्नो प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उठेका नेताहरूलाई बोलाएका हुन्।

नेता कोइरालाको सचिवालयका अनुसार आज दिउँसो २ बजे बसेरा होटलमा बैठक बस्नेछ।यसैबीच कोइरालासहित उनी पक्षका नेताहरू मंगलबार पनि छलफलमा जुटेका थिए। सभापति देउवा एकलौटी हिसावले अगाडि बढ्न खोजेको र ४० प्रतिशत मत ल्याएका कोइरालालाई शक्तिका रूपमा स्वीकार गर्न नखोजेको देखिएकोले छलफल गर्नुपर्ने अवस्थामा आफूहरू पुगेको कोइराला पक्षका नेताहरू बताउँछन्।सभापति देउवाले पदाधिकारीमा हारेका आफूपक्षका नेता केन्द्रीय समितिमा समेट्दा कोइराला पक्षका एक जना पनि नेताहरू परेका छैनन्। ३३ मध्ये देउवाले १३ जना मनोनीत गरिसकेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति