एमालेमा विवाद मच्चिएपछि ओली बोलाए आकस्मिक दुईदिने बैठक

काठमाडौं, २० पुस । नेकपा एमाले प्रदेश २ मा जिम्मेवारी बाँडफाँटको विषयलाई लिएर चर्को असन्तुष्टि बढ्नुका साथै भाँडभैलो मच्चिएको छ । प्रदेश २ को विवाद समाधानका लागि एमालेका पदाधिकारीहरुले सोमबार र मंगलबार दुई दिनसम्म राजधानीमा छलफलको आयोजना गरे ।अध्यक्ष केपी ओलीनिकट मानिएका रघुवीर महासेठलाई प्रदेश २ को इञ्चार्ज बनाएपछि पुराना एमाले नेता–कार्यकर्ताका साथै माओवादी केन्द्रबाट एमालेमा मिसिएकाहरुमा चरम असन्तुष्टि पैदा भएको छ ।

प्रदेशमा विवाद बढेपछि अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखेरल र उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरुले राजधानीमा दुईदिने छलफलको आयोजना गरेका छन् ।

प्रदेश इञ्चार्ज रघुवीर महासेठले प्रदेश तथा जिल्लामा एकलौटी गरेर आफू निकटलाई पार्टी कमिटीमा राखेको र अन्य पार्टीबाट आएका एवं एमालेकै त्यागी नेता कार्यकर्ताहरूलाई वेवास्ता गरेको भन्दै असन्तुष्ट पक्षले एमाले केन्द्रीय कार्यालयमा उजुरी नै दिएका थिए ।

सोही उजुरीपछि सोमबार र मंगलबार दुई दिनसम्म ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा असन्तुष्ट पक्ष र अध्यक्ष ओलीसहितका शीर्ष नेताहरुबीच छलफल चलेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति