राप्रपामा ३१ केन्द्रीय सदस्य मनोनीत

काठमाडौं, २० पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय पन्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी र पूर्व मन्त्री दीपक बोहरासहित ३१ जनालाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका छन् ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका बरिष्ठ र युवा नेताहरुलाई कार्य समितिमा मनोनयन गरिएको हो ।

मनोनयन हुनेमा पूर्व अध्यक्ष रविन्द्रनाथ शर्माकी पत्नी सरोजा शर्मा समेत छन् । विधान अनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेको केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति