पत्रकार किशोर पन्थीलाई अमेरिकी विश्वविद्यालयको मानार्थ विद्यावारिधि

काठमाडौं, २० पुस, । न्यूयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको सिका युनिभर्सिटीले विद्यावारिधि (पीएचडी) अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ ।

विश्वविद्यालयले उनलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।मानवताको भलाइमा योगदान दिएका कारण पन्थीलाई सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट श्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् ।यो युनिभर्सिटीले समाजमा मानवीय योगदान गरेका व्यक्तिलाई हरेक वर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ ।

जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० वर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ ।पत्रकार पन्थी न्युयोर्कबाट ११ वर्षदेखि प्रकाशित हुँदै आएको खसोखासका प्रधान सम्पादक हुन् भने झण्डै २ दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।

अमेरिकामा एकदशकभन्दा लामो समय पूर्णकालीन पत्रकारितामा सक्रिय पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका छन् ।

पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन् ।सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरीलगायतका चर्चित व्यक्तित्वहरू समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरूले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएडी प्राप्त गरेका छन् ।त्यस्तै बोस्टन प्रहरी विभागका ४२औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए । उनले सन् २०१५ मा बोस्टन प्रहरीको सुपरिटेण्डेण्ट इन चिफ रहदा यो मानार्थ पीएचडी प्राप्त गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति