हत्याको प्रयासबाट जोगिए हेइटीका प्रधानमन्त्री, प्रथम महिला घाईते

पोर्ट–अउ–प्रिन्स, २० पुस । हेइटीका प्रधानमन्त्री एरिअल आंगी हत्या प्रयासबाट बच्नुभएको छ । उत्तरी सहर गोनायभको एउटा गिर्जाघरमा आयोजित कार्यक्रममा सहभागी जाने क्रममा उहाँको हत्या प्रयास भएको जनाइएको छ । प्रधानमन्त्री र उहाँको टोलीमाथि बाटोमा नै गोली प्रहार भएको थियो ।

गोली प्रहारबीच उहाँको गाडी तीव्र गतिमा हुइकिएको थियो । आक्रमणमा प्रथम महिला घाईते हुनुभएको छ । सुरक्षाकर्मी र बन्दुकधारीहरूबीच भएको गोली हानाहानका क्रममा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । आक्रमणकारीहरु गिर्जाघरको पर्खालमा लुकेको जनाइएको छ ।

६ महिनाअघि तत्कालीन राष्ट्रपति जोभनेल मोइजको निवासमै हत्या भएको थियो । हत्यापछि देशको सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै सरकारको आलोचना भएको थियो । राष्ट्रपतिको हत्यामा प्रधानमन्त्रीकै संलग्नता रहेको हुन सक्ने विपक्षीहरुले आरोप लगाउँदै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति