काठमाडौ, १९ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ।
आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यमध्येबाट नेता नारायणकाजी श्रेष्ठले उनलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गरेका थिए।केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो।जेष्ठ सदस्य शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित भएको घोषणा गरे।
माओवादीले आफ्नो संरचनामा पहिले सम्बन्धित समिति छनोट गर्ने र सोही समितिमा निर्वाचन वा सहमतिका माध्यमबाट पदाधिकारी चयन गर्ने नयाँ प्रणालीको विकास गरेको छ। सोही आधारमा आजको बैठकले अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको हो।समाजवादी क्रान्तिलाई अगाडि बढाउने तथा मुलुकको समग्र हितका लागि अध्यक्षमा प्रचण्ड नै उपयुक्त रहेको निष्कर्षसहित नेता शर्माले केन्द्रीय समितिमा उनको नाम प्रस्ताव गरेका थिए। केन्द्रीय समितिले ध्वनीमतका आधारमा उनको नाम सर्वसहमतिले पारित गरेको हो।
माओवादीको शनिबार पारित भएको विधानअनुसार अब पदाधिकारी छनोटको प्रक्रिया अगाडि बढाइने भएको छ। माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ। त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ।
विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ। त्यसमध्ये आइतबार २३६ जना निर्वाचित भएका थिए। बाँकी रहेका ६३ जना मनोनीत हुनेछन्।
माओवादी जनयुद्ध, जनआन्दोलन, संविधान सभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत एजेण्डाहरूको सूत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड नै छन्।
टुटफुट तथा एकताको प्रक्रियाबाट अगाडि बढेको माओवादी आन्दोलनलाई समय सापेक्ष रूपमा अगाडि बढाउने दायित्व आफू र आफूहरूको काँधमा रहेको नवनिर्वाचित अध्यक्ष प्रचण्डले आजको सम्बोधनमा समेत उल्लेख गरेका छन्।
यस्तो छ उनको राजनीतिक जीवन
मुक्तिराम दाहाल र भवानी दाहालको सुपुत्रका रूपमा कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस–१ लेवाडेमा जन्मेका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा जनयुद्ध, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधान सभाको नेतृत्वकर्ताको हैसियतमा नेपालको राजनीतिमा क्रियाशील छन्।
पछिल्लो पटक आज पुनः अध्यक्षमा निर्वाचित भएपछि उनले महाधिवेशनमा उन्नत खालको लोकतान्त्रिक अभ्यास भएको बताए।
उनले भने, ‘माओवादी नेतृत्व प्रचण्डको आदेशमा कार्यकर्ताले ताली पड्काएर चुनिएको होइन। मैले आदेश दिएर पनि यो कमिटी निर्वाचित भएको होइन। पार्टीका नेता तथा कार्यकर्ताले नै आफ्नो नेतृत्व चयन गरेको हो।’
उनले आयोजक समिति र स्थायी समितिको प्रस्तावका रूपमा महाधिवेशनको हलले केन्द्रीय समितिलाई निर्वाचित गरेको उनको भनाइ छ।
महाधिवेशनमा देश विकास र समृद्धिबारे छलफल भएको तथा देशलाई समृद्ध बनाउने विषयमा बृहत् बहस भएको उनको भनाइ छ।
उनले महाधिवेशनले आफूलाई अध्यक्षका रूपमा काम गर्नुस् भन्ने जिम्मेवारी दिएको उनको कथन छ।
उनले नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखामा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए।
विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए।
विसं २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गरेका थिए।
तत्कालीन नेकपा ९चौम०मा प्रवेश गरेका उनले २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा पार्टीको जिम्मेवारी सम्हाले।
विसं २०३६ मा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य बनेका उनी २०३८ सालमा अखिल नेपाल युवक सङ्घको केन्द्रीय महासचिवमा निर्वाचित भए।
राजनीतिक यात्राको क्रममा २०४१ सालमा नेकपा ९मशाल०को केन्द्रीय समितिको सदस्य, २०४२ सालमा नेकपा ९मशाल०को पोलिटब्यूरो सदस्य र २०४६ सालमा नेकपा ९मशाल०को महामन्त्रीमा निर्वाचित भए।
तत्कालीन मशालका महामन्त्री मोहन वैद्यको प्रस्तावमा नै उनी महामन्त्रीमा चयन भएका हुन्।
यस्तै, २०४६ सालमा नेकपा ९एकता–केन्द्र०को महामन्त्री निर्वाचित भएका अध्यक्ष प्रचण्ड, २०५१ सालमा पुनः नेकपा ९माओवादी० को महामन्त्रीमा निर्वाचित भए।
विभिन्न कम्युनिस्ट घटकहरूको एकतापछि एकता केन्द्र गठन भएको थियो। यसैगरी २०५१ सालमा तत्कालीन नेकपा(एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा ९माओवादी० राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा ९माओवादी०को अध्यक्ष भए।
यस्तै विसं २०५८ मा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर तथा २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए।
विसं २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनबाट काठमाडौं क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचित भए।
तत्कालीन नेकपा ९माओवादी० संविधान सभाको ठूलो दलका रूपमा स्थापित भयो। ठूलो दलको नेताका रूपमा उनी २०६५ साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए।
यस्तै, २०६९ मा हेटौंडामा आयोजना गरिएको एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० को अध्यक्षमा निर्वाचित भए।त्यस्तै २०७१ मा विराटनगर आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०, अध्यक्षमा पुनः निर्वाचित भए।
यस्तै, २०७३ साल विभिन्न १० वटा समूहका रहेका माओवादी समूहको एकतापछि नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, गठन भयो। सो पार्टीको अध्यक्षमा समेत प्रचण्ड नै निर्वाचित भए।
संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त दास्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।
यस्तै, २०७५ जेठ ३ गते तत्कालीन नेकपा(एमाले) सँग पार्टी एकता गर्दै नेकपा निर्माण गरेका अध्यक्ष प्रचण्ड सो पार्टीमा पनि अध्यक्षको रूपमा थिए।
गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी फरक पार्टीका रूपमा अस्तित्वमा आएपछि उनी पुनः अध्यक्षकै रूपमा कार्यरत थिए।
नवनिर्वाचित अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्याहरू ९भाग १, २ र ३०, प्रचण्डका सङ्कलित रचनाहरू ९भाग १ र २० र प्रचण्डका सङ्कलित सैन्य रचनाहरू पुस्तक प्रकाशित छन् ।
‘देश निर्माणका लागि इमान्दार प्रयास गर्छु’
अध्यक्षमा चयन भएपछि उनले आफ्नो काँधमा देश, जनतालाई अगाडि बढाउने र परिवर्तनका समपा पूरा गर्ने दायित्व आइपरेको र त्यसमा इमान्दार प्रयास गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
जनयुद्ध छाडेपछि बिग्रिएको माओवादीले आठौं महाधिवेशनमा आइपुग्दा धुलोमैलो झारेको उल्लेख गर्दै उनले अब आफू देश र जनताको हितमा अझै बढी क्रियाशील हुने दुढता व्यक्त गरे।
उनले भने, ‘नेतृत्वका रूपमा मेरा लागि यो अन्तिम अवसर हो। नेपाल राष्ट्र र नेपालीका लागि केही गर्न मेरा लागि यो अन्तिम अवसर र अन्तिम चुनौती पनि हो।’
प्रतिक्रिया