माओवादी नेतृत्वमा प्रचण्डभन्दा जनार्दन परिवारको वर्चस्व

काठमाडौं, १९ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डको परिवारका चार सदस्य समेटिँदा अर्थमन्त्री जनार्दन शर्माले पार्टीको पकडमा प्रचण्ड परिवारलाई उछिनेका छन् ।महाधिवेशनअघि माओवादीको संगठन विभाग प्रमुख रहेका महासचिवका सशक्त दाबेदार शर्माको परिवारका चार सदस्य केन्द्रीय सदस्य चयन हुँदा कर्णाली प्रदेश अध्यक्ष पनि शर्मा परिवारले नै पाएको छ ।अर्थमन्त्री शर्मासहित सहोदर भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा केन्द्रीय सदस्य चयन भएका छन् । त्यस्तै बहिनीज्वाइँ ओमनाथ ढुंगाना (ओम शर्मा) विगतदेखि नै केन्द्रीय सदस्य थिए ।

भाइबुहारी विमला केसी कर्णाली प्रदेश कमिटीको अध्यक्ष छिन् । शर्माका नजिकका नातेदार (भाइ) रुकुमपश्चिमका जिसस प्रमुख राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा पनि केन्द्रीय सदस्यमा चयन भएका छन् । जनार्दन परिवारबाटै ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि केन्द्रीय समितिमा समेटिएका छन् ।

शर्माका अर्का भाइ ओपेन्द्र शर्मा पनि राजनीतिमा क्रियाशील युवा हुन् । तर, उनी राससको महाप्रबन्धक भएकाले पार्टीको महाधिवेशन प्रतिनिधिमात्र भए । कान्छा भाइ अनिल शर्माले भने माओवादी पंतिमा छलाङ मारेका छन् ।

उनीभन्दा सिनियर अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल र उनलाई अध्यक्षमा पराजित गरेका रन्जित तामाङ केन्द्रीय समितिमा छुट्दा शर्मा भने केन्द्रीय सदस्य बन्न सफल भए । प्रचण्डको स्वकीय सचिवसमेत रहेका सिनियर नेता मल्ल र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रन्जित तामाङलाई छुटाएर शर्मालाई केन्द्रीय सदस्य बनाइएपछि माओवादी युवा पंति भने असन्तुष्ट बनेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति