काठमाडौँ, १९ पुस। पछिल्लो पटक देशभर थप ३ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।देशभरका प्रयोगशालामा १२ हजार ४ सय ९८ जनामा गरिएको परीक्षणमा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।
९ हजार ७ सयमा गरिएको पीसीआरमा २ सय ९१ जना र २ हजार ७ सय ९८ जनामा गरिएको एन्टीजेन परीक्षणमा ३५ जनामा संक्रमण पाइएको हो ।काठमाडौंमा मात्र १ सय ४० जना संक्रमित थपिएका छन् ।
२ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।हाल देशभर ५ हजार ५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ३ लाख ४४ हजार ४४ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ ।
प्रतिक्रिया