काठमाडौं, १९ पुस। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठवन्धनलाई ‘अलच्छिन’ को संज्ञा दिएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारमा अलच्छिन पसेकाले देशको ढुकुटी रित्तिएको टिप्पणी गरे ।
बंैकहरुसँग अहिले पैसा नभएको विषय निकाल्दै उनले सत्तारुढ दलहरुको आलोचना गरेका हुन । ओलीले भने, ‘६ महिनायतादेखि बैकहरुमा पैसा छैन । जानुभयो भने पैसा पाइँदैन, चाहे जेसुकै धरौटी राख्नुस । यात्रोविधि आयोजना काटिएको छ । सबै निर्दिष्ट बजेट छ । तर, पनि खर्च गर्न नसकिने भनेर किन आयोजना काटिन्छ ?’ उनले भने, ‘मान्छेहहरु कहिलेकाहीँ भन्छन् नि, अलच्छिना पस्यो भनेर ।
त्यस्तो भयो । पाँच वटा अलच्छिना एकैचोटि पसेपछि के होला ?’ ओलीले प्रधानमन्त्री नियुक्ति गर्न परामादेश दिने सर्वोच्च अदालतप्रति पनि आक्रोश पोखेका थिए । असार २९ गते नै प्रधानमन्त्री नियुक्त गरी सपथ गराउनै पर्ने परामादेश किन दिनुपरेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘सर्वोच्च अदालत संवैधानिक बाटोबाट कान्लातिर हाम फालेर गए हुन्छ ।
प्रधानमन्त्री नियुक्त भएको संसदलाई थाहा छैन । प्रधानमन्त्री नियुक्त भयो, सपथ भयो, संसदलाई थाहा छैन ।
प्रतिक्रिया