काठमाडौं, १९ पुस। काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।
दमकल प्रयोग गरी आगो निभाइएको छ ।बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।
काठमाडौंको तिनकुनेमा बिजुलीको पोलमा आगलागी
प्रतिक्रिया