केन्द्रीय कमिटी घोषणा गर्दै माओवादी केन्द्रको महाधिवेशन सकियो : पदाधिकारी सोमबार चयन गर्ने

काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । आइतबार साँझ अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको घोषणा गरेसँगै महाधिवेशन सम्पन्न भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६ जनाको नामावली बन्दसत्रमा बाचन गरेसँगै त्यसलाई पारित गरिएको छ। माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ।

यसैवीच नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ ।आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत जानकारी दिए ।आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली बजाएर अनुमोदन गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति