काठमाडौं, १८ पुस । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश खुसीप्रसाद थारु र नवराज थपलियाको संयुक्त इजलाशले आइतबार लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर गरिएको मुद्धामा यस्तो आदेश दिएको हो ।
‘समान तहको पदको नतिजा सार्वजनिक नहुदैँ समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम एकिन हुनपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुञ्जेल अहिलेकै कायम रहने गरी र अहिले निवेदकलाई अन्याय नहुनेगरी गत मंसिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुष १३ गते नै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइन्छ ।
’ उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशमा भनिएको छ ।निवेदकका तर्फबाट अधिवक्ता आशिप पन्त र अनुपम भट्टराईले तथा विपक्षी बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा लोकसेवा आयोगको तर्फबाट उच्च सरकारी वकील कार्यालय, पाटनका सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र सहायक न्यायाधिवक्ता चन्द्रप्रसाद संजेलले बहस गरेका थिए । निवेदकले लोकसेवा आयोगले २०७६ साल मंसिर २५ गते गरेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नहुँदै २०७८ मंसिर २९ गते लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको भन्दै मुद्धा दर्ता गरेका थिए ।
प्रतिक्रिया