काठमाडौ, १८ पुस । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउन बैठक बसेको हो।आज दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी छ।
८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको छ। माओवादी केन्द्रको आठौं महाधिवेशन जारी कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमै स्थायी समिति बैठक बसेको हो।सर्वोच्च अदालतले नेकपा भंग गर्दै पार्टी पुनःस्थापना भएयता माओवादी केन्द्रको स्थायी कमिटीमा १५ सदस्य छन्।माओवादी केन्द्रको विधानअनुसार अबको केन्द्रीय समितिमा १५ जना पदाधिकारीसहित २ सय ९९ सदस्य रहनेछन्।जारी स्थायी समितिको बैठक सकिएलगत्तै सुरु हुने बन्दसत्रमा पदाधिकारीसहित केन्द्रीय समितिमा रहनेहरूको सूची घोषणा गर्ने तयारी छ। सहमति भए ध्वनि मतका साथ पास गर्ने नभए चुनाव सुरु गर्ने तयारी छ।नेतृत्व चयन गर्न हुने निर्वाचनका लागि माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। जसमा दिउँसो २ बजे उम्मेदवारी दर्ता सुरु गर्ने उल्लेख छ।

प्रतिक्रिया